सुर्खेत । आठ सदस्यीय कर्णालीको मन्त्री मण्डलमा एक जना मात्रै मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उनलाई कर्णाली प्रदेश प्रमुख तिलक परियालले सपथ खुवाएका छन् । मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन् ।


गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रीपरिषद विस्तार गरेका हुन् । सत्ता साझेदार दलविच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्री विस्तारमा विलम्ब भएको हो ।
एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि अन्तत एक मन्त्रीलाई आज सपथ खुवाइएको हो । मुख्यमन्त्री कँडेलले संसदबाट भाेली विश्वासको मत लिन लागेकोले शुक्रबारसम्म सबै मन्त्री नियुक्त गरिने बताइएको छ ।

नेपाल कर्म । १२ बैशाख २०८१, बुधबार १४:४०