सुर्खेत । भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको मोटरसाइकल दर्घटना हुँदा सवार चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाँके नेपालगञ्ज उपमहानगरपालिका–१० बस्ने २८ वर्षीय अजित केसीको मृत्यु भएको हो ।


दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो ।
साथै दुर्घटनामा घाइते भएका अर्का सवार १ जनालाई सुर्खेतमा उपचार माया पोलिक्लिनिक छिन्चु सुर्खेत हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको छ ।

नेपाल कर्म । १२ बैशाख २०८१, बुधबार १४:३९