सुर्खेत । अन्तत् वीरेन्द्रनगर नगरपालिकाले मनलाग्दी गुडाइने अटाे रिक्सालाई कारवाही थालेकाे छ । नगरपालिकाकाे उद्याेग तथा नियमन शाखाले साेमबार मात्रै ४० बढी अटाेलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएकाे हाे ।
सडक क्षामताभन्दा बढी अटाे वीरेन्द्रनगरमा गुड्न थालेपछि नगरपालिकाले सुरक्षित सडक बनाउन र दुर्घटना राेक्न अटाे रिक्सालाई नियमन गर्न चेकजाँच शुरु गरेकाे शाखाका चक्रबहादुर थापाले नेपालकर्मलाई बताए । उनकाअनुसार साेमबारदेखि याे अभियान शुरु गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयकाे समन्वयमा नगरपालिकाले मनलाग्दी चलाउने तर रुटपरमिट नलिएका अटाेहरुलाई कारवाहीका लागि नियन्त्रणमा लिएकाे हाे ।
सचेतनामूलक अभियान थाल्दा समेत अटेरी बढेपछि नगरपालिकाले अटाे रिक्सा प्रा.लि.हरुसँगसमेत समन्वय गरेर कारवाही अघि बढाएकाे थापाले बताए । उनले आगामी दिनमा थप कडाइका साथ अघि बढ्ने तयारी गरिएकाे जानकारी दिए ।



नेपाल कर्म । २२ जेष्ठ २०८०, सोमबार १९:१५