मुख्यमन्त्री कँडेलले गरे निर्माणधिन मंगलगढी–काँक्रेविहार सडकको अनुगमन

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले निर्माधिन मंगलगढी–काँक्रेबिहार सडकको अनुगमन गरेका छन्। मंगलबार कँडेलले उक्त सडकको अनुगमन गरेका हुन्।



मुख्यमन्त्री कँडेलले कालेपत्रे भइरकेको सडकको अनुगमनसँगै गुणस्तरीय काम गर्नका लागि निर्माण कम्पनिलाई अनुरोध समेत गरे। साथै कँडेलले निर्माणधिन सडकको भौतिक प्रगतिको बारेमा चासो राखेका थिए।

यस्तै, मंगलगढी चौकदेखि शिव मन्दीरसम्म २४ सय ५० मिटर सडक कालोपत्रका लागि नाला निर्माणको काम सकेर कालोपत्रे थालिएको हो।

लामो समयदेखि निर्माणधिन रहेको मंगलगढी–काँक्रेबिहार सडक ठेकेदारको लापरबाही र बारमबार स्थानीयहरुको अवरोधपछि सडक निर्माणमा ढिलाई हुँदै आएको थियो।

वीरेन्द्रनगर नगरपालिकाको बहुप्रतिक्षित रुपमा रहेको यो मंगलगढी–काँक्रेविहार–शिवमन्दिर सडकको निर्माण कार्य प्रदेश सरकारले ठेक्का गरेर काम अगाडी बढाइएको छ।

यस अघि प्रदेशको पूर्वाधार विकास निर्देशनालयले यो सडक निर्माणका लागि अमर सिस्ने नेपाल मेघा जेभी बाँकेसँग २०७८ मंसिर १४ गते सम्झौता गरेको थियो। सम्झौता बमोजिम यो सडक २०८० असार १५ गतेसम्म कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण गरिसक्नु पर्ने थियो।

तपाईको प्रतिक्रिया