समृद्धि एग्रोले दियोे एक सय कृषकलाई निःशुल्क जैविक विषादी

सुर्खेत । सुर्खेतको मंगलगढी चोकमा रहेको समृद्धि एग्रो सोलुशन एक सय जना कृषकलाई जैविक विषादी वितरण गरेको छ। विश्व वातावरण दिवस २०२३ को अवसरमा विषादी वितरण गरेको हो।



वीरेन्द्रनगर नगरपालिका सुर्खेतको समन्वयमा वीरेन्द्रनगर–९ मा रहेको सानाकिसान कृषि सहकारीमार्फत संचालित पिजिएस कृषक पाठशालामा ३० जना ,सोही वडाको फौजिकिरा आईपिएम कृषक समूहमा ३० र मनिकापुर कृषक बहुमुखी सहकारी संस्थाका ३० जना कृषकलाई वितरण गरिएको समृद्धि एग्रो सोलुशका निर्देशक यामप्रसाद शर्माले जानकारी दिए।

वातावरणमा सबै भन्दा बढी हानि बढ्दो विषादी प्रयोगको कारण भएकोले रासायनिक विषादीको प्रयोग कम गरि वातावरणलाई सुरक्षीत र मानव जिवनमा समेत सुरक्षित बनाउन विषादीको प्रयोग गर्नुपर्ने शर्माले बताए।साथै शर्माले कृषकलाई जैविक विषादीको बारेमा जनचेतना फैलाउने उद्देश्यले वितरण गरिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया