दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते

दैलेख । घाइते हुनेमा भैरवी गाउँपालिका–६, गणेश सिजाली, लछुमन पुन मगर, रत्न बहादुर बराल, तर्क बहादुर पुन मगर, पूर्ण सिजाली, जय बहादुर थापा मगर र तिलक पौडेल रहेका छन् ।



मंगलबार विहान जंगलबाट गाउँ पसेको बँदेलले मान्छेलाई आक्रमण गरेको वडाध्यक्ष तुलबहादुर हमालले बताए ।

‘जंगलबाट एक्कासि मात्तिएर गाउँ पसेको थियो । गणेश सिजालीको घरको आँगनमा सबै जना बसिरहेका रहेछन्, आक्रमण गर्‍यो,’ उनले भने, ‘गणेशजीको अवस्था निकै गम्भीर रहेको भनिएको छ ।’

तपाईको प्रतिक्रिया