काठमाडौं आइपुगे कतारी राजा थानी

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बंगलादेशबाट नेपाल आइपुगेका छन् । उनी फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण सकेर त्यहीँबाटै नेपाल आएका हुन् ।



उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतले स्वागत गरेका छन् ।

अमिरको राजकीय सम्मानका लागि नेपाली सेनाले २१ तोपको सलामी दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम तय भएको छ । राजा अमिरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।

तपाईको प्रतिक्रिया