पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास गर्न आवश्यक : मेयर ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताएकी छन्। पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल कर्णाली साहित्य महोत्सव अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रुपमा बोल्दै मेयर ढकालले यस्तो बताएकी हुन्।



मेयर ढकालले अहिलेको समयमा युवाहरुले सामाजिक सञ्जालमा बढी समय दिने भएकाले पठनमा ध्यान नदिने गरेको उनले बताईन्।

मेयर ढकालले इतिहासको बारेमा जान्न अध्ययन गर्नु अनिवार्य हुने बताईन्। ‘हामीले विद्यालय शिक्षालाई निकै महत्व दिएर लागिरहेका छौँ, कोही पनि विद्यालय बाहिर नरहनेगरि अघि बढेका छौं,’ उनले भनिन्, ‘यसबाहेक पुस्तक अध्ययनको वानी पनि बसाल्न पठन संस्कृतिको विकास गर्नु जरुरी छ।’

तपाईको प्रतिक्रिया