कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरियो

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ। सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो।



डा. सन्दुक रुइत नेतृत्वको टोलीले उनको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखेको जनाइएको छ।

डा. रुइतको टिममा डा.रिता गुरुङ र डा. गोविन्द पौड्याल लगायत सहभागी थिए

तपाईको प्रतिक्रिया