सुर्खेत प्रहरीद्वारा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न

सर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न सचेतनामुलक कार्यक्रम गरेको छ ।



सोमबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहतका सामुदायिक प्रहरी सेवा केन्द्र, ईप्रका लेकबेशी र प्रहरी चौकी मालारानीद्वारा पछिल्लो समय बढ्दो आगलागी र आत्महत्य न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम स्थानिय नागरीकहरुलाई बढ्दो आगलागीको न्यूनिकरण र पुर्व तयारी तथा सावधानी बारे जानकारी गराइएको थियो ।

यस्तै, इलाका प्रहरी कार्यालय छिन्चुले भेरीगंगा नगरपालिका–१२ फुलबारी टोलमा बालविवाह र लागुऔषध दुव्र्यसनी न्यूनिकरण विषयमा एक दिने सचेतना मुलक कार्यक्रम गरेकोे छ ।

कार्यक्रममा बालविवाह र लागुऔषध दुव्र्यसनी न्युनिकरण कसरी गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया