आज सुनको मूल्य घटयाे

सुर्खेत । आज बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई हजार सात सयले घटेको बताएको छ ।



सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सयमा कारोबार भएका आज एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ।

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट आएको छ। सोमबार प्रतितोला एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ।

तपाईको प्रतिक्रिया