७५१ जना प्रहरी सहायक हवल्दारदेखि वरिष्ठ हवल्दारको सरुवा

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय कर्मचारी प्रशासन शाखाले प्रहरी सहायक हवल्दारदेखि वरिष्ठ हवल्दारहरूको सरुवा गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले हवल्दारहरुको आइतबार सरुवा गरेको हो।



कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बीरबहादुर ओलीका अनुसार प्रहरी सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा भएको छ।

यस्तै, ३८७ जना प्रहरी सहायक हवल्दार, २७६ जना प्रहरी हवल्दारहरु र ८८ जना प्रहरी वरिष्ठ हवल्दारहरू गरी जम्मा ७५१ जना रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार सरुवा भएका हवल्दारहरूले २०८१ बैशाख महिनादेखि तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने छन्।

 

 

तपाईको प्रतिक्रिया