भाषा साहित्य संस्कृतिको विकास गर्न कर्णाली महोत्सव

सुर्खेत । कर्णालीमा पठन संस्कृतिको विकास गर्न कर्णालीमा विकास साहित्य महोत्सव सञ्चालन गर्न लागिएकाे छ । कर्णाली प्रदेशको भाषा साहित्य, संस्कृतिको विकास गर्न  मंगलबारदेखि सुर्खेतमा कर्णाली साहित्य महोत्सव सञ्चालन गर्न लागिएकाे हाे ।



कर्णालीको पश्चिमी भु–भागको मध्यकाली इतिहासमा कर्णाली क्षेत्रको भाषा, साहित्य, संस्कृति र पुरातात्विक मौलिक विशेषताहरुको विकास भएको एघारौँ शताब्दीदेखि यस भुमिबाट फैलिन थालेको खस भाषा सभ्यता र संस्कृति नै हाल विशाल नेपालीको राष्ट्रियताको अभिन्न पहिचान बनेकाले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

कर्णाली ‘फ्युचर नेपाल’ कर्णाली रिडर्स सोसाइटीले आयोजन गर्न लागेको महोत्सवमा कणलीको भाषा, साहित्य र संस्कृतिको विकास गर्ने बारेमा बहुआयमिक क्षेत्रको विषयमा लेखन, प्रकाशन, विमर्श र पठन संस्कृतिको विकासको लागी सकारात्मक वातावरण निमार्ण गर्ने लक्ष्य राखेको छ ।

महोत्सवका संयोजक डा.नवराज केसीले नेपाली भेषभुषा, रीतिरिवाज, भाषा र परम्मराको सामाजिक, ऐतिहासिक, अध्यनको निम्ति यो क्षेत्र उर्वर रहेको बताए ।

उनले कर्णालीमा लेख्ने, पढने संस्कृतिको विकास गर्नको लागी ‘फ्युचर नेपाल’ ले ‘कर्णाली रिडर्स सोसाइटी’ मार्फत यस क्षेत्रमा पठन संस्कृतिको प्रर्वद्धन गर्न एउटा अभियानको प्रारम्भ गरेका बताए ।

याे अभियानले यहाँका प्रचुर सम्भावनाहरुको खोज गर्ने र अवसर प्रदान गर्ने साझा मञ्चको रुपमा कर्णालीमा बर्षेनी बृहत् कर्णाली साहित्य महोत्सव आयोजन गर्ने आवधारणा ल्याएका केसी बताउँछन् ।

योगी नरहरिनाथले कर्णाली प्रदेशको विगत बुझाउने कृतिहरू अचेल बिरलै भेटिने गरेको, त्यसबाहेक कर्णालीका लेखकका साहित्यिक रचना कृतिहरू र कर्णालीमाथि लेखिएका पुस्तकहरूबारे कर्णालीमै चर्चा हुने अवसर नपाएकोले महोत्सवमा कर्णालीका विषयमा लेखिएका पुस्तक प्रद्धशनीमा राखिने डा. केसीले बताए ।

तपाईको प्रतिक्रिया