लक्ष्मण कँडेल नेपाल उद्योग वाणिज्यकाे परिषद सदस्यमा मनोनित

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल नेपाल उद्योग वाणिज्य परिषद सदस्यमा मनोनित भएका छन् । महासंघको विद्यान विधानको दफा ३९.२.१ अनुसार उद्योग वाणिज्य संघ समूहबाट कँडेललाई परिषद सदस्यमा मनोनित गरिएको हो ।



महासंघका उपाध्यक्ष सूरकृष्ण बैघको सभापतित्वमा गठित परिषद्को सदस्यमा मनोनित गरिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा जारी परिपत्रमा उल्लेख गरिएको छ । मनोनित सदस्य कँडेललाई परिषदलाई क्रियाशील बनाउन थप सहयोग पुग्ने महासंघ अध्यक्ष ढकालले अपेक्षा व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया