जिल्ला प्रहरी सुर्खेतले चेतनामुलक कार्यक्रम सम्पन्न

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न सचेतनामुलक कार्यक्रम गरेको छ ।



आईतबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका सामुदायिक प्रहरी सेवा केन्द्र, प्रहरी चौकी रामघाट, प्रहरी चौकी आली र अस्थायी प्रहरी पोष्ट घाटगाउँ सुर्खेतद्धारा दैविक प्रकोप तथा आगलागी र ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमा स्थानीय नागरिकलाई प्राकृतिक विवद् पूर्वको तयारी तथा विपद्पछि अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराइएको थियो ।

यस्तै, उक्त कार्यक्रममा ट्राफिक नियमका बारेमा सचेतना गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया