सुर्खेत । आज अन्तराष्ट्रिय पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । प्रत्यक बर्ष अप्रिल २२ तारीखमा यो दिवस मनाइन्छ ।

यो दिवस नेपालसहित विश्वका करिब २०० राष्ट्रमा मनाइँदै छ। दिवसले पृथ्वीलाई जोगाउनुपर्ने, भविष्यका लागि पृथ्वीमा भएको प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ।


सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो।
पृथ्वी बर्सेनी तात्दै गइरहेको छ। सन् १८८० पछि प्रत्येक दशकमा ०।८ डिग्रीका दरले तापक्रम वृद्धि भइरहेको छ। वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण तापक्रम बढेको विज्ञ बताउँछन् । मानव क्रियाकलापले नै पृथ्वीको अस्तित्व संकटमा पर्दा यस्ता कार्यको न्यूनीकरणमा विश्वको ध्यान पर्याप्त मात्रामा जान नसकेको उनीहरूको भनाइ छ।

नेपाल कर्म । १० बैशाख २०८१, सोमबार ११:३९