सुर्खेतमा वर्ल्ड स्कूलले ‘नेपाल टुर कार्यक्रम’ गर्दै

सुर्खेत । शिक्षा क्षेत्रमा एउटा छुट्टै र विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्र्ड स्कूलले ‘नेपाल टुर कार्यक्रम’ सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागेको छ।



स्कूलले आफ्ना उपलब्ध सेवा, सुविधाहरुको प्रवद्र्धन र प्रचारप्रसार यहीं जेठ २७ गते वीरेन्द्रनगरको सिद्धार्थ होटलमा अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा कर्णाली लक्षित शैक्षिक कार्यक्रम गर्न लागेको हो।

‘अबको शिक्षा कस्तो हुनुपर्छ’ भन्ने विषयमा कार्यक्रम आयोजना गर्न लागिएको स्कूलका अध्यक्ष डाक्टर मिथिलेशकुमार झाले बताए। उनले स्कूलका प्रिन्सिपल केशरबहादुर खुलाल लगायतको उपस्थितिमा शिक्षाको विषयमा विज्ञहरुद्वारा प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रम रहेको जानकारी दिए।

उनका अनुसार काठमाडौंको विशिष्ट स्कूलका रुपमा स्थापित स्कूलले पछिल्ला दिनहरुमा बहुउपयोगी शिक्षाका लागि काठमाडौं बाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म हटाउन सफल भएको छ।

सुर्खेतमा हुने कार्यक्रममा सहभागि भएर शिक्षा क्षेत्रको विकासको महत्व र लाभ लिन उनले सम्बान्धित पक्षसँग आग्रह गरेका छन्। स्कूलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको उनको भनाइ छ । स्कूलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको बताएको छ।

पूर्वाधार र सुविधा सम्पन्न अत्याधुनिक स्कूलको कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्वसँगै क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाई रहेको स्कूलका प्रिन्सिपल केशरबहादुर खुलालले जानकारी दिए।

उनले जेठ २६ गते दाङ र जेठ २८ गते सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा ‘नेपाल टुर कार्यक्रम’ तय भएको बताए।

तपाईको प्रतिक्रिया