काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज राजनीतिकसहित विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ।

शनिबार पेस भएका राजनीतिक, सांगठनिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदनमाथि आज छलफल हुन लागेको हो। छलफलपछि आजै बैठक समापन गर्ने एमालेको तयारी छ।


शनिबारको बैठकमा राजनीतिक प्रतिवेदन पेस अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको बताएका थिए।
नयाँ सत्ता सहकार्य बनेसँगै एमालेविरुद्धको गठबन्धन र घेराबन्दी तोडिएको उनको भनाइ थियो।

नेपाल कर्म । ९ बैशाख २०८१, आईतवार ११:२९