नेपाल निजामती कर्मचारी संगठन सुर्खेतको नेगो बुलेटिन प्रकाशन

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसका अवसरमा नेगो बुलेटिन पनि प्रकाशन गरेको छ। जिल्ला कार्यसमिति सुर्खेतले प्रकाशन गरेको नेगो बुलेटिनको आज औपचारिक रुपमा विमोचन गरिएको छ।



नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले एक कार्यक्रमकाबिच उक्त बुलेटिनको विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले निजामति कर्मचारी संगठनले कर्मचारीका हक हित संरक्षणका साथै सेवा प्रवाहमा समेत सहजता ल्याउने भूमिका खेलेको बताए।

यस्तै, विमोजन कार्यक्रममा एमाले सुर्खेतका उपाध्यक्ष मोहनसिंह बडुवालले मूलुकको राजनीतिक परिवर्तनमा कर्मचारी संगठनको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अहिलेको व्यवस्थालाई सफल बनाउन पनि कर्मचारीहरुको भूमिका रहने बताए।

पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सचिवालय सदस्य डोरप्रसाद उपाध्यायले निजामति कर्मचारी संगठन कर्मचारीका हक हित स्थापित गर्नका लागि गठन भएको नेपालको जेठो संगठन भएको बताउँदै संगठनमा आवद्ध कर्मचारीहरु काम र व्यवहारमा उत्कृष्ठ हुनुपर्नेमा जोड दिए।

केन्द्रिय सदस्य शंकर भट्टराईले संघीय निजामति ऐन चाँडो ल्याउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया