सुर्खेत । नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसका अवसरमा जिल्ला कार्यसमिति सुर्खेतले शहिद स्मृति विश्रामस्थल (प्रतिक्षालय) निर्माणको थालनी गरेको छ । संगठनको ३४औँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगर ११ समौझिघाट भेरीमा प्रतिक्षालय को शिलान्यास गरिएको हो।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रतिक्षालयको शिलान्यास गरेकी हुन्। क्रियापुत्री हल सहितको प्रतिक्षालय निर्माणले प्रदेश राजधानीमा बस्दै आएका र घर नभएका व्यक्तिका परिवारलाई सेवा पुग्ने भन्दै नगरप्रमुख ढकालले संगठनको कामको प्रशंसा व्यक्त गरिन्।करिब दश लाख लागतमा क्रियापुत्री वस्न मिल्ने हलसहितको प्रतिक्षालय निर्माण सुरु गरिएको संगठन सुर्खेतका अध्यक्ष हेमन्त चुनाराले जानकारी दिए।


उनका अनुसार साउन १५ भित्रमा प्रतिक्षालय निर्माण कार्यसकिसक्ने योजना रहेको छ। कार्यक्रममा नगर उपप्रमुख निलकण्ठ खनाल, ११ नम्बरका वडाअध्यक्ष खिमलाल देवकोटा, पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सचिवालय सदस्य डोरप्रसाद उपाध्याय, संगठका केन्द्रिय सदस्य शंकर भट्टराई, कर्णाली प्रदेश अध्यक्ष टंक लामिछाने, आधाकारीक ट्रेड यूनीयन सुर्खेतका अध्यक्ष लाल बहादुर खत्री, लगायतको उपस्थिति रहेको थियो।

नेपाल कर्म । ८ बैशाख २०८१, शनिबार १७:२२