सुर्खेत । दलित समुदायहरुकाे मुक्तिकाे लागि सुर्खेतमा नव सेना सार्वजनिक गरिएकाे छ । दलितका लागि दलित आन्दाेलन नेपालले आइतबार सुर्खेतमा मार्च पास गरेर नव सेना सार्वजनिक गरेकाे हाे ।
दलित समुदाय अझै पनि गणतन्त्रमा राज्यकाे विभेदकारी दमन सहन बाध्य भएकाले माेर्चावन्दीमा उत्रिन कवजका रुपमा नव सेना गठन गरिएकाे दलितका लागि दलित आन्दाेलन नेपालका कर्णाली संयाेजक खगेन्द्र सुनारले नेपालकर्मलाई जानकारी दिए । उनले टाेलस्तरमै पुगेर आन्तरिक प्रशिक्षण दिएर नव सेना तयार गरिएकाे बताए ।

याे अभियानलाई प्रभावकारी बनाउन नियमित रुपमा सेनाहरुलाई प्रशिक्षण दिइरहेकाे र याे संख्या हरेक टाेल टाेलमा विस्तार गरिएकाे सुनार बताउँछन् । सेनामा युवायुवती, पूर्व माओवादी लडाकु र सुरक्षा निकायहरुबाट अवकाश पाएका व्यक्तिहरु समावेश गरिएकाे पनि सुनारले जानकारी दिए ।


नेपाल कर्म । २१ जेष्ठ २०८०, आईतवार १८:३६