राष्ट्रपतिबाट तोयम रायालाई महालेखापरीक्षकमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महालेखापरीक्षकमा तोयम रायालाई नियुक्त गरेका छन्।



संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका रायालाई राष्ट्रपति पौडेलले संवैधानिक परिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा ९२० बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन्।

संसदीय सुनुवाइ समितिको बैठकले उनीमाथि परेको उजुरीमाथि छानबिन गरी रायालाई उक्त पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको थियो।

तपाईको प्रतिक्रिया