काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनमाथि फराकिलो जित निकालेको छ।

गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६–० ले पराजित गरेको हो।


चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक एक गोल गरेका थिए।
जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौँ स्थानमा उक्लिएको छ। एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ।

नेपाल कर्म । ४ बैशाख २०८१, मंगलवार १०:३२