मुख्यमन्त्री कँडेलले भेटे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटघाट गरेका छन् ।



मुख्यमन्त्री कँडेलले प्रदेश सरकार विस्तार र आगामी बजेटमा कर्णालीलाई समेट्नु पर्ने विषयमा छलफल गर्न उच्चस्तरका नेताहरूसँग भेटघाट गरेका हुन् ।
मुख्यमन्त्रीको शपथ खाएपछि सरकार विस्तार गर्न कठिन भएको बेला कँडेलले प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार बिहान भेटघाट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित उनकै कार्यकक्ष भेटघाट गरेका हुन् । त्यसक्रममा प्रचण्डले कँडेललाई बधाई तथा शुभकामना दिए । साथै, भेटमा सरकार विस्तार र आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा छलफल भएको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ ।

साथै, कँडेलले एमाले अध्यक्ष ओलीसँग उनकै निवास बालकोटमा भेटघाट गरेका छन् । भेटमा ओलीले कर्णालीले आगामी दिनमा गर्नुपर्ने कामका विषयमा महत्वपूर्ण मार्ग निर्देशन दिएको कँडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया