काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित बुद्धचित्तको मालाको रुख काटेको घटना अनुसन्धान गर्न प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । काभ्रे घर भएका दुर्गालाल तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।


चैत २९ मा राति अज्ञात समूहले ३ करोड मूल्यमा ठेक्का लागेको रुख काटेर फरार भएका थिए । शुक्रवार प्रहरीले काठमाडौँको शंखमुलबाट काभ्रेका मानबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा रहेका दुवै जना गत वर्ष सो माला किन्ने ठेकेदार हुन् ।


नेपाल कर्म । २ बैशाख २०८१, आईतवार १६:५६