काठमाडौँ । युवा किसान श्रीराम घिमिरेले कृषि क्षेत्रमा सुधारका लागि ५ बुँदे माग राख्दै शान्ति वाटिकामा आमरण अनसन सुरु गरेका छन ।

उनले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत रकम विनियोजन, कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरी उत्पादनमा आवश्यक मल, बिउ, विजन र औजारहरूको पूर्ण अनुदानमा व्यवस्था गर्न माग गरेका हुन् । यस्तै, प्रोजेक्टको आधारमा ५० लाखसम्म १ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नसमेत उनले माग गरेका छन् ।


किसान कार्डको आधारमा कृषि अनुदानलाई भूमि र भाडामा यातायातको सर्वसुलभता हुनुपर्ने उनको माग छ । यस्तै, पूर्व पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्न उनले माग गरेका छन् । उनले वैशाख १ गतदेखि आमरण अनसन सुरु गरेका हुन् ।

नेपाल कर्म । २ बैशाख २०८१, आईतवार १६:४०