भेरी नदीमा डुबेर बालककाे मृत्यु

वीरेन्द्रनगर । सुर्खेत स्थित गुर्भाकोट–९ अन्तरगतको भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।



गुर्भाकोट नगरपालिका–८ सुँगरखाली बस्ने ११ वर्षीया जीवन विकको मृत्यु भएको हो।

प्रहरीका अनुसार जीवन भेरी नदीको तलाउमा पौडी खेल्ने क्रममा डुबेका थिए।

स्थानियहरुको सहयोगमा उनको तत्तकाल उद्धार गरी उपचारको लागी मेहलकुना अस्पताल सुर्खेतमा लगिएको थियो।

बालक जीवनको अस्पतालमा चेकजाँच गरेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया