दैलेखबाट जबरजस्ती करणी मुद्दामा फरार दुई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले जबरजस्ती करणी मुद्दामा फरार दुई प्रतिवादीलाई प्रकाउ गरेको छ। प्रहरी विभिन्न समयमा फरार रहेका उनिहरुलाई प्रकाउ गरेको हो।



प्रकाउ पर्नेमा नारायण नगरपालिका–३ बस्ने अन्दाजी २५ वर्षीया मिना रेग्मी र महाबु गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षीया दिपकप्रसाद पाण्डे रहेका प्रहरीले जनाएको छ।

रेग्मीलाई जबरजस्ति करणी मुद्दा शिर्षकमा जिल्ला अदालत दैलेखले २०७४।०८।१९ मा फैसला सुनाएको थियो।

यस्तै, अर्का पाण्डेलाई जबरजस्ति करणी मुद्दा शिर्षकमा जिल्ला अदालत दैलेखले २०७४।०३।१७ गते फैसला सुनाएको थियो।

उक्त फैसालपछि दुवै जना फरार रहेका थिए। प्रहरीले प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत दैलेखमा पेश गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया