बालबालिकालाई भर्ना गराउन प्रधानमन्त्रीकाे आह्वान

काठमाडौं । नयाँ शैक्षिक सत्र को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।



विद्यालय भर्ना अभियान सुरु भएको अवसरमा शुभकामना दिदैँ उनले आफ्ना बालबालीकालाइ पायक र्ने ठाउँमा भर्ना गराउन अभिभावकलाई आह्वान गरेका हुन्।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ आजबाट शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुरु भएको छ।

गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर पुस्तक नपाएर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गरेको बताउँदै उनले शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेको बताएका दाबी गर्दै यसको प्रबन्ध मिलाउने सबैमा धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया