पुरुष भलिवल प्रतियोगिताको आय-व्यय सार्वजनिक

सुर्खेत । नेपाल भलिवल संघको आयोजना तथा कर्णाली प्रदेश भलिवल संघको व्यवस्थापनमा वीरेन्द्रनगरमा सञ्चालित ३४ औ राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको सामाजिक परीक्षण आय व्यय सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश भलिवल संघले पुस २० देखी २६ गते सम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन गरेको प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।



कर्णाली प्रदेश भलिवल संघका अध्यक्ष एवं प्रतियोगिता मूल आयोजक समितिका व्यवस्थापक कृण्ण श्रेष्ठले ६५ लाख ७८ हजार ३ सय ८८ रुपैयाँ वरावरको आय व्यय प्रस्तुत गरे ।

उनले विभिन्न संघ संस्था,व्यक्ति,स्थानिय र प्रदेश सरकारवाट ४६ लाख ९९ हजार ८ सय ७५ आम्दानी भएको र प्रतियोगितामा ६५ लाख ७८ हजार ३ सय ८८ रुपैया खर्च हुदाँ १९ लाख २६ हजार ५ सय १३ रुपैया तिर्न वाँकि रहेको वताए ।

अध्यक्ष श्रेष्ठले ३४ औ राष्ट्रिय पुरुष भलिवल प्रतियोगितामा सवैको सहयोग र साथका कारण प्रतियोगिता सफल भएको भन्दै सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिए ।

उनले जनस्तरवाट ठूलाे सहयोग भएको भएपनि राष्टिय प्रतियोगिता सम्पन्न हुदाँ आर्थिक रुपमा समस्या रहेको वताए । उनले प्रतियोगिताका लागि विभिन्न सघंसंस्थाहरुले सहयोगको प्रतिवद्धता

तपाईको प्रतिक्रिया