भूकम्पपछिको पुनर्निर्माणका लागि पाँच सय जनालाई तालिम दिइदैँ

सुर्खेत । गत १७ कार्तिक २०८० मा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पछिको पुर्ननिर्माणका लागि पाँच सय जनालाई तालिम दिइने भएको छ ।



स्थानिय समुदायमा भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि सीप तथा ज्ञान अभिवद्धिका लागि हेल्भेटास नेपालले स्वीस सरकारको आर्थिक सहयोगमा भूकम्प प्रभावित जिल्ला जाजरकोट र रूकुम पश्चिममा तालिम दिन लागेको हो ।

भूकम्पछिको पुर्ननिर्माणमा जुटिरहेको सरकारलाई सहयोग पु¥याउने हेतुले सीप तथा पुर्ननिर्माण परियोजना अन्तर्गत दुई जिल्लाका भूकम्पबाट अति प्रभावित पालिकामा तालिम सञ्चालन हुनेछ ।

५ बैशाखबाट सञ्चालन हुने तालिममा भूकम्प प्रतिरोधि भवन निर्माण सम्बन्धि दक्ष जनशक्ति तयार गर्न जाजरकोटको नलगाड नगरपालिका तथा रुकुमको आठविसकोट नगरपालिका र रुकुम पश्चिमको सानी भेरी नगरपालिकाका पाँच सय जनालाई तह–१ को तालिम प्रदा गरिने छ ।

साथै भुकम्पबाट क्षति ग्रस्त सार्बजनिक पूर्वाधारहरूको पुर्ननिर्माणमा योगदान गर्न जाजरकोटको भेरी नगर पालिका र नलगाड नगर पालिका तथा रूकुम पश्चिमको आठविसकोट नगरपालिका तथा सानीभेरी गाउपालिकामा १÷१ वटा बिध्यालय भवन तथा श्वास्थ्य चौकि भवन पुर्ननिमार्ण गरिने छ ।

प्रदेश स्तरमा भौतिक पूर्बाधार तथा शहरी विकास मन्त्रालयको समन्वयमा सचांलन हुने यो कार्क्रमको कार्यान्वयन स्थानिय सरकारहरूको समन्वयमा हेल्भेटास नेपालका दिनेश पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया