भियतनाममा अर्बपति ट्रुओङलाई मृत्युदण्डको सजाय

एजेन्सी



भियतनामको एक अदालतले रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ।

Vietnamese property tycoon Truong My Lan (C) looks on at a court in Ho Chi Minh city on April 11, 2024. A top Vietnamese property tycoon could face the death penalty when she and dozens of other co-accused face verdicts on April 11 in one of the country’s biggest fraud cases over the embezzlement of USD 12.5 billion. (Photo by AFP)

सन् २०१२/२०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम लुटेकी थिइन् र सरकारी अधिकारीहरूलाई घुस खुवाएकी थिइन्।

अभियोजकहरूले उनको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ३ प्रतिशत बराबर रहेको बताएका छन्।

ल्यानले आफूमाथि लगाइएको आरोपको खण्डन गरेकी थिइन् अल जजिराका अनुसार उनले गत साता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा बताएकी थिइन्।

प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियम उल्लंघन गरेको दोषी पाइएको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले बताएको छ।

गत वर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा शरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई(प्रोफाइल गिरफ्तारीमध्येको एक थियो। सन् २०२२ पछि यो अभियानले गति लिएको छ।

कथित ब्लेजिङ फर्नेस अभियानको परिणामस्वरूप सयौँ अधिकारीहरूलाई दण्डित वा कारागार सजाय गरिएको छ। यसबाट भियतनामी राजनीतिमा उच्च तहलाई असर गरेको छ। यसमा दुई राष्ट्रपति र दुई प्रधानमन्त्रीको राजीनामा पनि समावेश छ।

तपाईको प्रतिक्रिया