काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जुलसलाई प्रहरीले रोकेपछि गृहमन्त्री रवि लामिछानेविरुद्ध मुर्दावादुको नारा लागेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको जुलुसलाई प्रहरीले रोकेपछि आक्रोशित प्रदर्शनकारीले गृहमन्त्री लामिछानेको राजीनामा माग्दै मुर्दावादको नारा लगाएका हुन्।


आफूहरूलाई रोकेपछि अध्यक्ष लिङ्देनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने भन्दै अघि बढ्न दिन आग्रह गरे भने उनले गृह प्रशासनसँग पनि अघि बढ्न दिन आग्रह गरे।पटक–पटकका आग्रहपछि पनि प्रहरीले प्रदर्शनकारीलाई अघि बढ्न दिएको छैन।
जुलुसले त्यसअघि निषेधित क्षेत्र तोडेर राप्रपा जुलुस अघि बढ्दा प्रहरीसँग झडप भएको थियो। त्यस क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्।

नेपाल कर्म । २७ चैत्र २०८०, मंगलवार १६:१४