सुर्खेत । उपप्रधानमन्त्रि तथा गृहमन्त्रि रविलामिछाने माथी काग्रेसकी सांसद शुसिला थिङले छानविन हुनुपर्ने माग गरेकी छन् । सडकमा सहकारी पिडितहरु अर्बौ रकम अपचलन भएको विषमा जोडिएका लामिछानेमाथि छानविन गर्नुपर्ने उनले माग गरेकी हुन् ।
सुर्यदर्शन सहकारी र अन्य सहकारी गरी ६ वटा सहकारीबाट एक अर्ब लामिछाने आवद्ध गोर्खा मिडियामा लगाएको आरोप सांसद थिङको छ ।
‘यो कम्पनीले अर्बौ पैसा लग्न पाउछकी पाउदैन ?, यो गैर कानुनी काम गर्नेले दण्ड पाउछकी पाउदैन ?,’ उनले संसदमा प्रश्न गर्दै भनिन्, ‘गोर्खा मिडिया कम्पनीको सञ्चालक खोज्न प्रर्दैन ? यसरी गैरकानुनी रुपमा कम्पनीले अर्बौ रकम लिदा सञ्चालक र प्रवन्धक निर्देशक रविलामिछाने माथि अनसन्धान किन नहुने ? यसको ठाउँमा अरु जो कोही भए कानुन लाग्थ्यो होला, तर रविलामिछाने भएकोले अनुुसन्धाननै रोकिने यो कस्तो सरकार हो ।’


नेपाल कर्म । २७ चैत्र २०८०, मंगलवार १६:०९