विराटनगर स् एमालेका सांसदहरुले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पुगेर एमाले सांसदहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्।

अन्तिम विकल्पको सरकार रूपमा एमालेका सांसदहरुले गएको असोजमा कार्कीलाई मुख्यमन्त्रीको रूपमा समर्थन गरेका थिए।


कोशीका मुख्यमन्त्री केदार कार्की २७ असोजमा संविधानको धारा १६८ ९५० अनुसार नियुक्त भएका थिए। समर्थन फिर्ता लिएसँगै एमाले र माओवादीका सांसदहरुले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न निवेदन प्रदेश प्रमुखलाई बुझाएका हुन्।
एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना प्रदेशसभा सचिवालयमा दिइसकेका छन्। यससँगै मुख्यमन्त्री कार्की स्वतः अल्पमतमा पर्नेछन्। उनले संविधानको धारा १८८ ९२० बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।

नेपाल कर्म । २६ चैत्र २०८०, सोमबार १७:०२