होटल स्टेमा जोडीहरुका लागि विशेष छुट, कलाकार देवी घर्ती र शिशिरले प्रस्तुती दिने

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १४ लादेमा रहेको होटल स्टे भ्याली भ्यूमा नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको छ । यहीँ चैत ३० गते साँझ स्टे भ्यालीमा जोडीहरुका लागि विशेष छुटसहित सांगेतिक साँझको आयोजना गर्न लागिएको हो ।



पारिवारिक तथा अन्य प्रेमिल जोडीहरुलाई लक्षित गर्दै नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको सञ्चालक तर्कबहादुर शाहीले जानकारी दिए । उनकाअनुसार कार्यक्रममा राष्ट्रिय कलाकारद्वय गायिका देवी घर्ती र गायक शिशिर योगीको प्रस्तुती रहनेछ । साथै, स्थानीय कलाकारहरुको लाइभ दोहोरीसँगै अन्य प्रस्तुतीहरु राखिएको छ ।

होटलका परिकारहरुहरु अनलिमिटेट गराएको र बस्न चाहनेहरुका लागि विशेष छुटसहित प्याकेज बनाइएको छ । जोडीहरुको लागि कोठा भाडा ६ हजार पाँचसय र २५ प्रकारका लाइभ स्न्याक अनलिमिटेड उपलव्ध गराइनेछ ।

सांगेतिक कार्यक्रम हेर्न चाहनेका लागि एक हजार शुल्क र क्यानवियर उपलव्ध गराइनेछ । साँझको खाना खाएर फर्किनेका लागि दुई हजार पाँच सयमा खानासहितको प्याकेज रहेको शाहीले बताए । यस्तै, सांगेतिक कार्यक्रम हेर्ने, खाना खाने र कोठामा बस्नेसहित पुरुष जोडीका लागि सात हजारको प्याकेज रहेको छ । उनीहरुको ननभेज डिनर र अनलिमिटेड होटेलको डिस रहेको छ ।

स्वच्छ सुन्दर शान्त बाताबरणमा अबस्थित थ्री स्टार लेबलको होटलमा ३४ वटा कोठा छन् । जसमध्ये दुई वटा भीआइपी स्वीट रुम, २० सुपर डिलक्स, ६ डिलक्स र ६ वटा स्ट्याण्डर्ड कोठाहरु रहेको छन् ।

यस्तै होटलमा रहने सनसेट रेस्टुरेन्टमा कणर्णालीको अर्गानिक मार्सी चामलको भात, जुम्ला सिमीको दाल, सिस्नु, फापरको रोटी, कोदाको ढिंडो, कालिजको मासु, बट्टाईको झोल, लोकल कुखुराको मासु, मोही लगायतका स्थानीय परिकारहरु उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया