प्रमथ अन्तर प्रदेशस्तरिय राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल तर्फ कर्णालीको महिला टोलिले बिजयी शुरुवात गरेको छ। चितवनको भरतपुरमा भएको उद्घाटन खेलमा कर्णालीले सुदुरपश्चिमलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको गरेको हो।

कर्णालीले सुदुरपश्चिमलाई २५(१४,२५(१८ र २५(२२ को सोझो सेटमा हराएको हो। निकै आक्रमण रुपमा मैदान उत्रिएको कर्णालीले सुदुरपश्चिमलाई खेल अवधिभर दबाबमा राख्यो।
यस्तो आजै भएको अर्को खेलमा लुम्बिनीले मधेसलाई हरायो छ। पुरुष तर्फको भलिबल प्रतियोगिता कर्णालीले आज मधेश प्रदेश संग खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ।


नेपाल कर्म । २६ चैत्र २०८०, सोमबार १२:१७