काठमाडौं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा खुसी फैलाउने लक्ष्यका साथ सामसङले “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैँलाई” अफर ल्याएको छ। जसअन्तर्गत ग्राहकहरूले विभिन्न छुट तथा सुविधा प्राप्त गर्न सक्नेछन्।

टिभी खरिद गर्दा ३८५ सम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३०५ सम्मको छुट प्राप्त गर्न सक्ने सामसङ कम्पनीले जनाएको छ। त्यस्तै, ग्राहकहरूले ०५ ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सक्ने सुविधा दिएको छ। यो विशेष छुट अफर जेठ २ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।


सामसङ कम्पनीले टिभी, स्मार्टफोन, पहिरन योग्य उपकरण, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, प्रणाली एलयसआई, फाउन्ड्री र एलइडको संसारभर बिक्री गर्दै आएको छ।

नेपाल कर्म । २६ चैत्र २०८०, सोमबार १२:००