सुर्खेत । जाजरकोट जिल्ला अदालतले नौं दिन कैद र जरिवाना फैसला गरेपनि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय नारायण सिंहलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।
बारेकोट गाउँपालिका–९ जाजरकोटका सिंहलाई अदालतले २०७४ साल असोज ३१ गते फैसला गरेको थियो । तर फैसला लगत्तै फरार रहेका सिंहलाई लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । सिंहलाई नौं दिन कैद र ३४ हजार ६३० रुपैयाँ जरिवना तोकिएको छ । पक्राउ परेका सिंहलाई प्रहरीले अदालतमा पेश गरेको जनाएको छ ।


नेपाल कर्म । २६ चैत्र २०८०, सोमबार ११:५०