आयरल्याण्ड उल्भसविरुद्ध नेपाल बलिङमा

काठमाडौं । आयरल्यान्ड उल्भ्सले नेपाल एसँगको तेस्रो एक दिवसीय खेलमा टस जितेर पहिले ब्याटिङ थालेको छ।



कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको खेलमा आयरल्यान्ड उल्भ्सले टस जितेर पहिले ब्याटिङ थालेको हो। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सिरिज भने गुमाइसकेको छ।

नेपालले पहिलो र दोस्रो दुवै ले स्कोरिङ म्याच गुमाएको थियो। पहिलो खेलमा कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिएपछि पाहुना टोली ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भएको थियो।

यस्तै दोस्रो खेलमा पनि नेपालले १७४ रनको लक्ष्य भेट्टाउन सकेको थिएन। नेपालले ६० रनमा सबै विकेट गुमाएर लज्जस्पद हार बेहोरेको थियो।

तपाईको प्रतिक्रिया