पूर्वराजालाई एमाले नेता बोगटीको कटाक्ष : तर्कहीन टिकाटिप्पणी गर्नु सर्वथा अनुचित

सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कटाक्ष गरेका छन्



नेता बोगटीले फेसबुकमा स्टाटस लेख्दै पूर्वराजा ज्ञानेन्द्रप्रति कटाक्ष व्यक्त गरेका हुन्।  उनले लखेका छन्, ञआम नेपाली जनताको बलमा पराजित तथा बहिष्कृत भएर नागरिकको भूमिकामा रहेका ब्यक्तिले देशका विभिन्न ठाउँमा गएर जनताको शक्तिमा स्थापित संघीय लोकतान्त्रिक शासन प्रणालीमाथी तर्कहीन टिकाटिप्पणी गर्नु सर्वथा अनुचित छ।झ

पूर्वराजा शाहले शनिबार मात्रै जुम्लामा भएको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएर दिएको अभिव्यक्तिप्रति एमाले नेता बोगटीले उक्त कटाक्ष ब्यक्त गरेका हुन्।

यस्तै, नेता बोगटीले नेपालमा मुलतस् बङ्शलाई राज्य शक्तिको श्रोत मानेर दुइसय चालीस बर्ष लामो शासन प्रणालीको नाउँमा पारिवारिक रजगज गरेको संस्था समेत भएको बताएका छन्।

तपाईको प्रतिक्रिया