सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको आकाशमा शनिवार विहान थाइल्याण्डको जहाजले केही फन्को लगायो । जहाज कति बेला सुर्खेत विमानस्थलमा अवतरण गथ्र्यो भने पुनः उडेर वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्रको आकाशमा फन्को लगाउथ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा कतिपयले वीरेन्द्रनगरको आकाशमा विदेशी जहाजले फन्को लगाएको भन्दै फोटो र भिडियो शेयर गरेका छन् । तर वीरेन्द्रनगरमा थाइल्याण्डको यरो थाइ कम्पनी फ्लाइट नम्बर ८०४ जहाजले वीरेन्द्रनगरको आकाशमा फन्को लगाएको हो । यद्यपी उक्त जहाज सुर्खेत आउनुको मुख्य उदेश्य नै सुर्खेत विमानस्थलमा रहेका उपकरणको परीक्षण गर्नका लागि शनिवार सुर्खेत आइपुगेको हो ।


‘यसलाई यान्त्रिक परीक्षण उडान भनिन्छ,’ सुर्खेत विमानस्थल स्रोतले भन्यो, ‘आज नेपालगञ्ज विमानस्थलको परीक्षण गरेपछि एरो थाई सुर्खेत आइपुगेको हो ।’ एक घण्टासम्म जहाजले विमानस्थलमा जडान गरिएका साङ्केतिक लाईटको अवस्था, प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् कि गर्दैनन् थाई एयेरमा प्राविधिक टोलीसहित निरीक्षणका लागि यान्त्रिक परीक्षण उडान गरिएको विमानस्थलले जनाएको छ ।
हरेक दुई-दुई वर्षमा विमानस्थलमा रहेका ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरेर नगरेको जाँच गर्न यान्त्रिक परीक्षण गरिने भएकाले सोही अनुसार एरो थाइले उडान भरेको विमानस्थलको भनाई छ । सुर्खेतमा काम सकिएकाले अब उक्त जहाज पोखरा जानेछ ।

नेपाल कर्म । २४ चैत्र २०८०, शनिबार १३:०८