ईत्रामबाट हराए बालक, खाेजी दिन अपिल

सुर्खेत । वीरेन्द्रनगर-७ ईत्रामबाट एक बालक हरापछि परिवारले खाेजीदिन अपिल गरेका छन् । दैलेखकाे दुल्लु नगरपालिका-१० छुवाला घर भएका ७ बर्षीय सराेज शाही ईत्रामबाट शुक्रबार विहानबाट सम्पर्कबिहिन बनेका हुन् ।




ईत्रामस्थित कान्छाे बुवाकाे घरमा बसेर पढ्दै आएका उनी कपासे नजिकै देखिएका तर हाल सम्पर्कमा नरहेकाले खाेजीदिन बुवा प्रकाश शाहीले जानकारी दिए ।

स्कुलकै पाेशाक लगाएका सराेजलाई कतै भेट्नु वा देख्नु भएमा नजिकैको प्रहरी वा आफन्तकाे सम्पर्क नम्बर ९८४८११५१८१, ९८१५५५१५१० मा खवर गरिदिन परिवारले अनुराेध गरेका छन् । 

तपाईको प्रतिक्रिया