डोल्पा । पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। ठुलिभेरी नगरपालिका–७ जुफाल बजार नजिकै ढल निकास भई जम्मा भएको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका–१० स्थायी घर जुफाल बजारमा होटेल ब्यवसायी गरेका कृष्णबहादुर जिसीको पाँच वर्षका छोरा किशोर जिसी रहेका छन्।
किशोर घरदेखी ५० मिटर पुर्वतर्फ खेल्ने क्रममा बजारको ढल निकास भई पानि जम्मा भएको खाल्टोमा डुबी मृत्यु भएको प्रहरीको जनाएको छ।


नेपाल कर्म । २० जेष्ठ २०८०, शनिबार १७:५९