सयौँ वर्षदेखि विभिन्न युगमा जिउँदै आएको मानव जाती त्यसमा पनि हामीले जिउँदै गरेको यो कलियुग जसमा नाटक शिवाय अरु कुरा पाउन साह्रै गाह्राे तरपनि सास फेरिरहेको छौं घाँटी तन्काउँदै र थुकका घुट्का निल्दै ।
बाजे बराजुको पालादेखि गिठा भ्याकुर खाएर मानव सभ्यता जोगाएका मानवजातीलाई अहिले खाने नखाने सबै कुरा खाएर अरूलाई देखाउन परेको छ ।


लाउने नलाउने लगाएर अरूलाई देखाउन परेको छ । गर्नु नगर्नु गरेर अरूलाई भड्काउन परेको छ । सास पनि म किन बाँचेको होला भनि गुनासो पोख्ने युग आइसक्यो कि हाम्रो समाज यसरी परिवर्तन होला नसोचेको यो प्रकृतिको सुन्दरताले पनि सास फर्न बिर्सेको छ ।
सायद त्यसैले यो समाज र युग नाटक गर्दैछ । अहिले जे पनि भएको छ ठीक उल्टो हुँदैछ केही अंश त भएकै छ । अहिलेका बच्चा, बुढाबुढी सबै एकै प्रकारले जीवन जिईरहेका छन् ।
बुढोलाई बच्चा हुनु छ, बच्चालाई बुढो हुनु छ। जसरी आफूलाई के के न भोगेर आएको एक खतरा फाइटर सम्झन्छ बालक अनि आफूले अझै सिक्न बाँकी रहेको र केही धेरै सिकिसकेको भान गर्छ बुढो । तर यसरी चलिरहेको नाटकीय जीवनशैली, खानपान अनि यो व्यवस्था ऐंठन पर्ने जस्तो छ ।
अहिलेका युवा जसलाई न स्वाभलम्बी बन्नु छ न त आत्मनिर्भर बन्नु छ । तर पनि परिवारको अगाडि विभिन्न प्रकारका लालचना गर्दै बस्नु परेको छ । जहाँ गयो त्यहीँ माहोल खराब बनाउने, प्रकृति, वातावरण र आफ्नो सभ्यतासँग नडराउने जस्ता उछृङ्गल कार्य गर्ने र वातावरण दुषित गर्ने, फोहोर गर्ने जस्ता कार्य गर्छन जसमा केटा केटी कोही पछि छैनन् ।
पार्क, चोक, गल्ली कुनै ठाउँमा पनि पनि शान्त नबस्ने यो युवा पिँढी आफूले ठूलो र महान काम गरेझै गर्छन्न । न सम्झाउँदा सम्झन्छन्, न सुनाउँदा सुन्छन्, न सम्झिन र सुन्न चाहन्छन् नै ।
अग्रजको सल्लाह, सुझाव चाहिन्छ झै गर्दैनन् । आवश्यकता भने अग्रजको पर्छ भने जसलाई जे बोल्दिदा पनि हुन्छ जे गर्दिदा पनि हुन्छ । बोल्न गर्न सोच्नु पर्दैन अहिलेका युवा जसलाई आफ्नो खुशी शवाय अरू कसैलाई देख्दैनन् ।

जसलाई रतुन्धो लागेको छ झै भान गर्छ । १५ वर्षमै सबै भोगेझै बुढो बाको जस्तो दन्त्य कथाहरूमा उल्लेख गराउन खोज्छन् आफ्नो १५ वर्षको समयलाई, अनुभवलाई र जीवनलाई ।
सानै उमेरमा जिम्मेवारीको बोध बोकेको भान गर्ने तर कर्तव्य बहन नगर्ने गर्न परे पहाड उचाले झै गर्ने युवा न यीनको वर्तमान अवस्था राम्रो छ न भविष्य नै राम्रो हुनेछ ।
खेलाडी खेलाडी बन्न नसक्ने, परिवर्तन चाहने आफै परिवर्तन नहुने, रुढीवादी सोच राख्ने, आफू खुशी गर्न चाहने बा-आमा घर परिवारको लागि नसोच्ने सोचेझै गर्ने गर्न केही नसक्नु, आदर्शवादी बन्ने तर गर्न केही नसक्ने लफङ्गो जीवन जिउने युवा पिँढी जीवन, समयको महत्व थाहा नभएको अवस्था हो ।
जसलाई न कसैले बुझ्न खोज्छन् न केही गर्न नाई खोज्छन् । पश्चिमाहरुको चलन, रहनसहन र व्यवहार गर्न थालेका युवा जसलाई पैसा नै पैसाको कालो जालो लागेको छ । आँखामा जसले पैसा शिवाय केही देखेका हुँदैनन् । फाइदा मात्र हेर्न जहाँ फाइदा त्यहाँ युवा जस्तै भएको छ ।
आफ्नो खुशी शिवाय अरू केही नदेख्ने युवा पिढीको जीवनशैली बिलकुल पश्चिमा हरुको जस्तै हुनेछ जहाँ नक्कली हाँसो हाँस्नु पर्नेछ । खुशी नभएपनि भएझैँ नक्कल गर्नु पर्नेछ ।
नक्कली हाँसो हाँस्नकै निम्ति लाइनमा बस्नु पर्नेछ। सानै उमेरदेखिको गलत लत पैसा ,धूम्रपान, मद्यपान जस्ता कुरा हुनेछ । जसलाई नरोक्न सकिन्छ न छेक्न सकिन्छ ।
केही शब्द बढी भए किचकिच गरे भनी घर छाड्छन्, पिटे घर मात्र होइन देश छाड्छन् अनि मर्लान भन्ने डरले आफै पछि हटेर आफ्ना बालबच्चाको खुशीको खातिर परेली भिजाउँदै बस्नुपर्दा पीडा पनि उत्तिकै छ ।
(याे लेखमा व्यक्त गरिएका सबै बिचार लेखकमा निहित छन् ।)

गाैरी जी । २३ चैत्र २०८०, शुक्रबार ०९:५७