एमाले कर्णालीको इन्चार्जमा लेखराज भट्ट

सुर्खेत । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो।



जसमा बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्जसमेत तोकिएको छ। कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ।

साथै कर्णाली प्रदेशको इन्चार्जमा पार्टी सचिव लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन्। यसअघि लेखराज सुदूरपश्चिमको इन्चार्ज हुन्।

तपाईको प्रतिक्रिया