राष्ट्रियसभा उपाध्यक्षमा एमालेले उम्मेदवारी दिने, बिमला घिमिरे उम्मेदवार

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेले उम्मेदवारी दिने भएको छ।



एमालेले राष्ट्रियसभा सदस्य बिमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। २ वर्ष कार्यकाल बाँकी रहेकी घिमिरेलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको राष्ट्रियसभा संसदीय दलकी प्रमुख सचेतक भगवती न्यौपानेले जानकारी दिइन्।

यसअघि सत्ता साझेदार ४ दल ९एमाले, माओवादी, रास्वपा र जसपा०बीच भएको सहमतिमा राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने उल्लेख थियो। पछि नेकपा एकीकृत समाजवादी पनि सत्ता समीकरणमा सामेल भएपछि सहमति पत्रबाट त्यो बुँदा हटाइएको थियो। नेताहरूले समाजवादीलाई उपाध्यक्ष दिने सैद्धान्तिक सहमति भएको बताएका थिए।

तर अहिले एमालेले उम्मेदवार तय गरेको हो। यसअघि उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको पदमा चैत २८ गते निर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया