वैशाख १५ गते हुने उपनिर्वाचन : इलाममा एक लाख १५ हजार र बझाङमा ६१ हजार मतदाता

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम २ मा एक लाख १५ हजार ४६७ र बझाङको प्रदेशसभा १ मा ६१ हजार ११० मतदाता रहेकामा हाल केही संख्या थपिएको छ।



आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ४२२ जना मतदाता थप भई एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन्।

आयोगको बिहीबार बसेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी मतदाताको अन्तिम नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको हो।

तपाईको प्रतिक्रिया