सांस्कृतिक सम्पदा स्थलको सम्पूर्ण जानकारी ‘क्यूआर कोड’ मा

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्यूआर (क्वीक रेस्पोन्स) कोड राखेको छ।



सांस्कृतिक सम्पदाहरुको बारेमा अरुलाई चिनाउँदा प्राचीन, पुरातात्त्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट सम्पदाहरूलाई जोगाउन क्यूआर कोडको प्रयोग थालिएको हो ।

बुधबार कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रम थालनी गरेकी हुन्।

जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरु कुमारी छेँ, कुमारी वहाः भन्छन् । यस्को मौलिक नाम राजकीर्ति मनोरम विहार हो । यसलाई राजलक्ष्मी बिहारका नामले पनि चिनिन्छ । ​

तपाईको प्रतिक्रिया