काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०को विवाद उत्कर्षमा पुगेको छ।

आज पार्टीका संरक्षक रेशम चौधरीले काटेको पत्रबाट पार्टी विभाजित भएको संकेत गरेको छ। पार्टीका संरक्षक रहेका चौधरीले आफैले पार्टी अध्यक्ष लेखेर हस्ताक्षर गरी पार्टीको आकस्मिक बैठक आह्वान गरेका छन्।


अध्यक्षमा चौधरी पत्नी रञ्जिता श्रेष्ठलाई निर्वाचन आयोगले मान्यता दिएको छ। अधिवेशनले चौधरीलाई अध्यक्ष बनाएको भए पनि त्यसलाई निर्वाचन आयोगले खारेज गरिसकेको छ। तर चौधरीले आज पार्टीको लेटर प्याडमा अध्यक्ष भनेर हस्ताक्षर गरी बैठक बोलाउनुभएको छ।
चौधरीले सबै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई १० बजे पार्टी केन्द्रीय कार्यालय अनामनगरमा अनिवार्य उपस्थितिको लागि पत्र काटेका छन्।

नेपाल कर्म । २२ चैत्र २०८०, बिहीबार १०:५३